कपिलवस्तु ८ असोज । कपिलवस्तुमा शनिवार भएका तीनछुटछुटै दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने ३२जना घाइते भएका छन् । प्रहरीका अनुसार कपिलवस्तुको बुद्धभूमि–४ बुड्ढीमा यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ । ३२ जना घाइते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ…