दाङ, १८ भदौ । जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य लक्ष्मी चौधरी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । उहाँलाई पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले स्वागत गर्नुभएको थियो । भालुवाङमा जारी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको लुम्बिनी प्रदेश समितिको बैठकका क्रममा चौधरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । चौधरी जसपाको लुम्बिनी प्रदेश…