हेटौँडा , १८ भाद्र । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका-१० राप्ती पुल नजिकैबाट आज शनिबार ७४ किलो ७० ग्राम गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-१३ का ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका-३ बर्मानगरका ३४ वर्षीया चन्द्रकुमारी श्रेष्ठ छन्।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चितवनबाट हेटौँडातर्फ आउँदै…