काठमाडौं, १९ साउन । अबको १०८ दिनपछि नेपालमा संसदीय चुनाव हुने भएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आउने मंसिर ४ गते एकै चरण सङ्घीय संसद् र प्रतिनिधि सभाको चुनाव गर्ने निर्णय गरेको हो। मतदानको दिन आइतबार परेको छ। बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो।…