रुपन्देही, ५ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक वडाध्यक्षलाई पौडी पोखरामा धकेल्ने प्रहरी नायब उपरीक्षक (डीएसपी) माथि कारबाही हुने भएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेकप्रसाद राईले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीबारे छानबिन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताए । प्रहरी नायब महानिरीक्षक (डीआईजी) राईले भने, ‘छानबिन गर्न प्रदेश प्रहरी…