४ श्रावण बुटवल ।रुपन्देहीमा कन्टेनरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोलमा ना ६ ख ४००० नम्बरको कन्टेनरले लु १५ प ९४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देही जानकारी दिएको छ ।दुर्घटनामा परेर गैडहवा गाउँपालिका–६ बस्ने २१ वर्षीय जितेन्द्र हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।…