प्रदेश

रामपुर क्षेत्रमा टेलिकमको उच्च गतिको इन्टरनेट सेवा



पाल्पा, साउन ४ ।
नेपाल टेलिकम पाल्पाले जिल्लाको पूर्वी भेग रामपुरमा उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ । रामपुर नगरभित्रका विभिन्न स्थानमा टेलिकमले फाइबर टु–दि–होम (एफटीटीएच) प्रविधि मार्फत उच्च गतिको इन्टरनेट पूर्वाधार विस्तारसँगै सेवा सुरु गरेको हो ।
कार्यालयले नेटवर्क विस्तार गरेपछि ग्राहकका घर–घरमा उच्च गतिको इन्टरनेट वितरण सुरु गरेको जनाएको छ । हाल यो सेवा रामपुर बेझाडबजार चोक, श्रीनगरहोटल क्षेत्र, बाङ्गेपसल जाने बाटो, मटेरी जाने बाटो, विजपुरलगायतका स्थानमा उपलब्ध गराइएको दूरसञ्चार कार्यालय पाल्पाका प्रमुख ढाकाराम पौड्यालले जानकारी दिनुभयो ।
हाल कम्पनीले विभिन्न प्याकेज मार्फत एफटिटिएच सेवा उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो । ग्राहकहरूले इन्टरनेट सेवा, टेलिभिजन सेवा र भ्वाइस सेवा तथा यी मध्ये कुनै आवश्यक सेवा पनि लिन सक्नेछन् । कम्पनीले निकै सस्तो दरमा ८ एमबीपीएसदेखि १०० एमबीपीएस क्षमतासम्मको इन्टटरनेट प्रदान गर्दै आइरहेको कार्यालयका सूचना अधिकारी श्रीराम रेग्मीले जानकारी दिनुभयो ।
वार्षिक प्याकेज लिने ग्राहकहरूलाई एक सय मिटर सम्म अप्टिकल फाइबर केबुल र सिपिए–राउटर निःशुल्क उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । ग्राहकले एकमहिने, तीनमहिने र एकवर्षे एफटीटीएच प्याकेज लिन सक्नेछन् । आइपीमा आधारित एचडी टेलिभिजन हेर्न सकिने भएकाले सेवाग्राही दैनिक बढिरहेको रेग्मीले बताउनुभयो ।

प्रकाशित : ४ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६