काठमाण्डौं, १२ पुष ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषा जिल्लाका नेता तथा कार्यकर्ताले पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। पार्टी अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लामा पदाधिकारी चयन गरेको भन्दै सोमबार पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले शान्तिपूर्ण धर्ना दिएका हुन्। धर्ना कार्यक्रममा उपस्थित लोसपा कार्यकर्ता विन्दु ठाकुरले अध्यक्षले गरेको निर्णय स्वीकार्य हुन नसक्ने…