काठमाण्डौ, ११ पुष । दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेल्ने डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ । नोबेल शान्ति पुरस्कार विजेतासमेत रहनुभएका इसाई पादरी टुटुको आज आइतवार निधन भएको हो । टुटुलाई दक्षिण अफ्रिकामा रङ्गभेद विरोधीको प्रतीकको रूपमा पनि चिनिन्छ । उहाँको निधनमा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाले दुःख व्यक्त गर्नुभएको…