दाङ २३ साउन । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरिएको अविश्वास प्रस्ताव र साउन २७ गते विशेष अधिवेशन बोलाउने निर्णयको कुनै औचित्य नभएको बताइएको छ।ग्रामीण तथा सहरी विकासमन्त्री हरिप्रसाद रिजालले वर्तमान सरकारविरुद्ध दायर गरिएको अविश्वासको प्रस्ताव संविधानसँग बाझिएकाले अविश्वासको प्रस्तावको कुनै औचित्य नभएको दाबी गरे।लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा संवाददातासँगको कुराकानीमा मुख्यमन्त्री शंकर पोख्रेलको नेतृत्वमा…