प्युठान १६ फागुन । प्युठान अस्पतालमा शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका-७ तुषारा निवासी २४ वर्षीया अनिसा एम।सी।थापाको मृत्यु भएपछि परिवारका सदस्य र आफन्तले अस्पताल परिसरमा भेला भएर विरोध प्रदर्शन गरेका छन् ।डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । अनिसाको तस्वीर अंकित ब्यानरसहित प्रदर्शनमा उत्रिएकाहरुले ‘अनिसालाई न्याय दे’लगायतका नारा लगाएका…