रुपन्देही १७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको खोपको व्यवस्थापनमा प्रदेश स्तरको लागि ७ जना संयोजक तोकेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा खोप व्यवस्थापनको लागि डा विकास देवकोटा तोकिएका छन् ।संयोजकलाई सम्बन्धित प्रदेशमा खोप अभियानका व्यवस्थापन,खोप अभियानमा देखा पर्ने समस्या समाधानका लागि सहजीकरण गर्नेलगायतको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । त्यसैगरी…