कपिलवस्तु ६ फागुन -कपिलवस्तुमा पोखरीमा डुबेर दुई बर्षीय बालकको ज्यान गएको छ ।जिल्लाको महाराजगंज नगरपालिका ११ बिजयनगर स्थित एन.आर एस इँटाभट्टामा काम गर्ने कैलाली टिकापुर नगरपालिका २ विजयनगर घर भएका शंकर चौधरीका २ बर्षीय छोरा सुहिर चौधरीको मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ । बुद्धभुमि नगरपालिका ७ डेरुवास्थित इँटा उद्योगको कम्पाउण्डभित्र रहेको पोखरीमा बिहीबार बालकको…