काठमाण्डौ, ०५ फागुन । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्ने जहाज काठमाण्डौ आइपुगेको छ । एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) को जहाज आज बिहीवार बङ्गलादेशको ढाका हुँदै काठमाण्डौ आइपुगेको हो । जहाज आजै बेलुकासम्म काठमाण्डौबाट भैरहवा जाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यो जहाजले भोलि शुक्रवारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइटु अर्थात्…