काठमाण्डौ,०४ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले एमसीसी संशोधन–परिमार्जन गरेर मात्रै पास गर्नुपर्ने बताउनुभयो । आज बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले एमसीसीको विषयलाई संसदमा राष्ट्रिय सहमतिअनुसार टेबल गराइ छलफल गर्नुपर्ने बताउनुभयो । नेता गुरुङले संसदमा अवरोध भएकाले एमसीसीको विषय विधिको शासनलाई कार्यान्वयन गरेर संसदमा राष्ट्रिय सहमतिअनुसार टेबल गर्नुपर्ने बताउनुभयो ।…