चितवन, १८ फागुन । वन्यजन्तु संरक्षणका विषयमा अनुभव आदान प्रदान गर्न नेपाल र भारतका अधिकारीका बीचमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । दुई देश बीचको स्थानीयस्तरको अन्तरसीमा स्तरीय समन्वयात्मक सो बैठक भारतको वाल्मिकि टाइगर रिजर्बको मङ्गुराहमा आयोजना भएको हो ।नेपालतर्फ चितवन राष्ट्रिय निकुञ्ज र भारततर्फ वाल्मीकि टाइगर रिजर्बले संयुक्त रुपमा बैठकको संयोजन गरेका थिए ।…