काठमाडौं १८ फागुन : महिला स्वास्थ्यसँग जोडिएको संवेदनशील सामग्री 'सेनिटरी प्याड' कुनै पनि मापदण्डबिना आयात हुने गरेका छन्। मापदण्डको अभावमा कमसल गुणस्तरका 'सेनिटरी प्याड' को निर्वाध आयातले महिलाको स्वास्थ्य जोखिमसमेत बढाएको छ। हाल नेपालमा मुख्यगरी चीन, भारत, डेनमार्क, फिलिपिन्स लगायत मुलुकबाट सेनिटरी प्याड आयात हुने गरको छ। यसको आयात दुई किसिमबाट हुने गरेको छ। एकखाले आयातकर्ताले जोखेर तौलका हिसाबले प्याड आयात गर्ने…