बागलुङ, १७ फागुन ।भ्रष्टाचार मुद्दा लागेका बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्का निलम्बित भएका छन् । बागलुङ बसपार्क निर्माणमा भ्रष्टाचारको आरोप लागेपछि खड्कासहित चारजना निलम्बित भएका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नगरपालिकाका उपप्रमुख, वडा–४ का वडाध्यक्ष धुव्रबहादुर केसी, तत्कालीन डिभिजन इञ्जिनियर दयाराम पौडेल, इञ्जिनियर मनोज शर्मा र सबइञ्जिनियर घनश्याम रिजाल निलम्बनमा…