काठमाडौ १३ फागुन । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच बिहीबार बसेको दुई चरणको बैठकमा ठोस सहमति नभएपनि छलफल सकारात्मक ढंगले अघि बढेको दुवै पक्षका नेताहरूले बताएका छन् । बैठकमा सहभागी नेताका अनुसार देशको गिजोलिएको राजनीतिलाई निकास दिन काँग्रेस र एमाले फेरि एकै ठाउँमा उभिनुपर्ने बेला आएको दुवै पार्टीका नेताहरूले निष्कर्ष…