म्याग्दी, १७ माघ । म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसियू) दक्ष जनशक्तिको अभावले प्रयोगमा आउन सकेको छैन । गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्वसुलभ उपचारको व्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारले २०७६ असारमा अस्पतालमा एक करोड २५ लाख रुपैयाँ खर्चेर दुई वटा भेन्टिलेटर सहित पाँच श्यया क्षमताको आईसीयू कक्ष स्थापना गरेको थियो…