दाङ, ०३ फागुन । दाङको देउखुरीमा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । राप्ती गाउँपालिका(१ पाखापानीमा टिपरको ठक्करबाट दूध बेच्न हिँडेकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । रा १ क १२८६ नम्बरको टिपरले ठक्कर दिँदा राप्ती गाउँपालिका २ कटेशनालाकी ३५ वर्षीया डिला पौडेलको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ…