कपिलवस्तु, पुस २७ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाणगंगा नगर समितिले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । राप्रपाका स्थानीय तथा प्रदेशका नेताहरुले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो । मंगलबार आज पृथ्वीजयन्तीको अवसरमा (राप्रपा) बाणगंगाको कार्यालयमा आयोजित उक्त कार्यक्रममा पार्टीका नगर…