दाङ, २७ पुष । दाङको लमही नगरपालिका वडा नम्बर–५ लमही गल्लीमा रहेको सतिश गुप्ताको कपडा गोदाममा आगलागी भएको छ । विद्युतको तार सर्ट भएर भएको आगलागीबाट २५ लाख रुपैयाँ बराबरको कपडा जलेर नष्ट भएको छ । आगलागीबाट कपडा राखेको दुई वटा कोठा र गुप्ता सुत्ने कोठा जलेर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी…