देउखुरी २४ असोज । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) बनाउने प्रदेश सभाले निर्णयसंगै देउखुरी क्षेत्रमा आन्तरिक रुपमा जग्गाको कारोबार बढ्न थालेको छ । राजधानीको नाममा जग्गाको अस्वभाविक कारोबार हुने ठानेपछि सरकारले जग्गाको कित्ताकाट रोक्का गरेपनि घुमाउरो पाराबाट जग्गाको कारोबार भइरहेको छ । अहिले राजधानीको केन्द्र भनिएका क्षेत्र सहितका आसपासमा जग्गाको कारोवार रोकिएपनि कपाली कागज वनाएर…