अर्थ-वाणिज्य

१ हप्ताभित्र जग्गाको विवरण पठाउनोस, २४ घण्टामा अतिक्रमण खाली गर्नाेस : मुख्यमन्त्री पोखरेल



रुपन्देही २४ असोज ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले  अवको एकसात अर्थातयो महिनाको अन्त सम्ममा  प्रदेश राजधानीले समेटिएका ३ पालिकाका प्रमुखलाई सार्वजनिक र बनक्षेत्रमा खाली रहेको जग्गाको  लगत पठाउन निर्देशन दिनु भएको छ । प्रदेश सभावाट गत २० गते मंगलबार राजधानीको रुपमा पारित भएको लुम्बिनी प्रदेशको राजधानी रहने राप्ती गाउपालिका गढवा गाउपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकाका  प्रमुख, दाङ र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तथा मालपोत कार्यालयका अधिकारीहरुलाई मुख्यमन्त्रीले यस्तो निर्देशन दिनु भएको हो ।

        सुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रुपन्देहीमा भएको छलफलमा जग्गाको अवस्था थाहा भएपछि अरु काम अघि बढाउन सजिलो हुने भएकोले यसै महिना भित्र बास्तविक अभिलेख पठाउन निर्देशन दिनु भएको उहाका प्रेस सल्लाहकार शेर वहादुर केसीले जानकारी दिनु भएको छ । मुख्यमन्त्रीले सरकारी जग्गाको अवस्था,वन क्षेत्रको जग्गा भएको तर वन नभएको जग्गाको अवस्था र निजी जग्गाको अवस्थाका बारेमा जानकारी पठाउन निर्देशन दिनुभएको थियो । गुरु योजना नबन्दा सम्म ती क्षेत्रमा ब्यक्ति बिशेषलाई घर बनाउन रोक्का गर्नु पर्नेमा समेत मुख्यमन्त्री पोखरेलले सुझाव माग गर्नु भएको थियो मुख्यमन्त्रीले राजधानी घोषणा संगै सरकारी जग्गा अतिक्रमण गरी वस्ती बस्न सक्ने भएकोले चनाखो भई नियन्त्रण गर्न जनप्रतिनिधि र प्रशासनका अधिकारीहरुलाई आग्रह गर्नुभयो रातदिन ख्याल गर्नुहोस कसैले पनि सार्वजनिक जग्गा अतिक्रमण गर्न सक्छ त्यसो पाइए २४ घण्टा भित्र खाली गर्नुहोस उहाले भन्नु भयो ।

        “अतिक्रमण हुन सक्ने खतरा छ त्यस बारेमा सतर्क रहनुहोला अतिक्रमण भैहाले समुदायको सहयोगमा २४ घण्टाभित्र हटाउनुपर्छ मुख्यमन्त्रीले भन्नु भएको गढवाका पालिका प्रमुख सहजराम यादवले वताउनु भयो । मुख्यमन्त्रीले  पालिका प्रमुखहरुलाई पालिकाले बजार क्षेत्र, कृषि क्षेत्र जस्ता विषय खुलाएर सुझाव पठाउन आग्रह गर्दै त्यसो गर्दा गुरुयोजना बनाउन सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भएको छ ।मुख्यमन्त्रीले राप्ती उपत्यका नयाँ नाम दिइएको र उपत्यका भित्र गढवा, राप्ती र शितगंगा पालिकाको मैदानी भाग पर्ने भएकाले भ्रममा नपर्न आग्रह गर्नु भएको थियो ।

        छलफलमा प्रदेश सरकारका मन्त्रीहरु,राप्ती गाउँपालिकाका प्रमुख नुमनारायण सुवेदी, गढवा गाउँपालिकाका प्रमुख सहजराम यादव र शितगंगा नगरपालिकाका प्रमुख सूर्य अधिकारी, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल ,मालपोत कार्यालयका अधिकारीहरु र प्रदेश सरकारका प्रमुख सचिव सहित मन्त्रालयका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । दाङका प्रमुख जिल्ला अधिकारी रिजालले राप्ती उपत्यका भित्रको जग्गाको अवस्था बारे सम्बन्धित निकायलाई यथार्थ अवस्था जानकारी दिन भनिसकेको र एकहप्ताभित्र आउने बिश्वास दिलाउनु भएको थियो  

प्रकाशित : २४ आश्विन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६