खेलकुद

३ वर्ष यता कपिलवस्तुमा नयाँ अध्याय अघि बढेको पूर्वमन्त्री खनालको दावि



कपिलबस्तु २५ असोज ।  प्रतिनिधी सांसद तथा पूर्व मन्त्री चक्रपाणी खनाल बलदेवले बाणगंगामा पछिल्लो ३ वर्षमा यूवा परिचालन र खेलकुदका धेरै संरचना बनेको वताउनु भएकोछ । संघ प्रदेश र स्थानीयतहको साझा प्रयासमा मायादेवि रंगशाला ,बुद्धरंगशाला ,ओदारी लगायतका ठाउमा जेजति भौतिक संरचना बनेका छन् यस्ता काम यस अघि नभएकाले खेलकुदको नया अध्ययाय अघि बढेको उहाले दावि गर्नु भयो । उहाले बाणगंगा नगरपालिका क्षेत्रभित्र खेलकुदको प्रचुर संभावना भएको ठाउ रहेको बताउनु भएको  छ ।

    उहाले खेलकुदको विकासका लागि राजापानी , कपिलधाम लगाएत चर्चित ठाउहरुमा खेलकुद संगै एकिकृत पर्यटन योजना बनाउन आवश्यक रहेको औल्याउनुभयो । शनिवार देखि ओदारीमा भएको प्रथम वडा अध्यक्ष कप खुल्ला नगर स्तरिय व्याडमिन्टन प्रतियोगिता तथा ओदारी  कर्भडलको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो । फरक प्रसंगमा बोल्दै सांसद खनालले राजधानी र प्रदेशको नाम टुंगो लाग्नु ठुलो उपलब्धी भएको बताउदै राजधानी कपिलबस्तु नभए पनि कुनै घाटा नरहेको बतानुभयो  ।सांस्कृतिक ऐतिहासिक हिसाबले कपिलबसतु उपयुक्त ठाउ रहेकोले कपिलबस्तुलाई राजधानी हुनेपर्ने विषयमा पटक पटक पहल, लबिङ गरेपनि भालुवाङप्रति भने कुनै गुनासो र विरोध नरहेको बताउनुभयो ।

    यस्तै राष्ट्यि सभा सदस्य विमला घिमिरेले बोल्दै ओदारी कर्भडहल नगरको गौरवको योजनाको रुपमा रहेका बताउदै कोभिड १९ का बाबजुद पनि निमार्णकार्य सम्पन्न हुनु सह्रानिय  रहेको बताउनुभयो । कपिलबस्तु पर्यटकिय , धार्मिक , सांस्कृतीक , ऐतिहासिक र कृषिका हिसाबले अत्यन्तै महत्वपुर्ण स्थान रहेको बताउदै जिल्लाको समान हिसाबले विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाले पहुचको आधारमा नभई  आवश्यकताको आधारमा पनि विकास हुनपर्नेमा जोड दिनुभयो ।यस्तै कार्यक्रममा लुम्विनी प्रदेशका सांसद विष्णु पन्थीले बोल्दै कपिलबस्तु राजधानी नबनेपनि जिल्लामा प्रसस्त मात्रामा पुरातात्वीक पर्यटकिय स्थलहरु रहेकाले त्यसबाट लाभ लिन सकिने बताउनुभयो ।यस्तै भारतका लागि पुर्व राजदुत तथा पुर्व मन्त्री दिपकुमार उपाध्याय यहाबाट राष्ट्यि खेलाडी उत्पादन गर्न सकेमात्र कर्भडहलको बास्तविक पहिचान हुने बताउनु भएको छ ।

    कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारु, उपप्रमुख चक्रपाणी अर्यालले बोल्दै नगरको इतिहास मै नयाँ काम कर्भड हल  बन्नु हो भन्दै कोभिड महामारीका विच सम्पन्नले विकास प्रतिको लगाव पुष्टि भएको बताउनु भएको छ । कार्यक्रममा नगरका वडा अध्यक्षहरु, समाजसेवी, बुद्धिजिबी, सुरक्षाकर्मी, पत्रकार लगाएतका उपस्थिती रहेको थियो । ओदारी व्याडमिन्टन कलबका अध्यक्ष मनोज कुमार योगीको अध्यक्षता तथा निमार्ण समिती सचिव डिल्लीराज अर्यालको संचालनमा सम्पन्न भएको थियो ।यसैविच प्रथम वडा अध्यक्ष कप  खुल्ला नगर स्तरिय व्याडमिन्टन प्रतियोगिता सुरु भएको  वडा नं ११ का अध्यक्ष सोमनाथ अर्यालले वताउनु भयो । यो प्रतियोगिताले कोभिड पछि सिथिल युवालाई सकृय पारेको अध्यक्ष अर्यालको भनाइछ । 

प्रकाशित : २५ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६