काठमाडौं १३ असोज । मन्त्रिमण्डल पूनर्गठनको अन्तिम तयारी भइसकेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को छलफलले केही दिन पर्खने निष्कर्ष निकाल्यो ।कारण थियो १४ गतेका लागि बामदेव गौतमको विषयमा परेको मुद्दाको संवैधानिक इजलाशका लागि सुनुवाई ।आजै मन्त्रिमण्डल पुर्नगठन गर्दा बामदेव गौतमलाई नियतवश रोकिएको सन्देश जान्थ्यो । त्यसप्रति प्रचण्डले…