ब्रेकिंग न्युज

बाणगंगमा ९ जना थपिएसंगै २८ सक्रिय संक्रमित



कपिलवस्तु १३ असोज ।कपिलवस्तुको बाणगंगमा ९ जना  थपिएसंगै २८ सक्रिय संक्रमित पुगेका छन् । कन्ट्रयाक ट्रेसिङका आधारमा ४२ जनाको स्वाव संकलन गरिएकोमा ३ जनाको नतिजा आउन वाकीछ भने अरु सबैको नेगेटिभ नतिजा आएको छ । स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले आज ९ जना थपिएसंगै २८ जना सकृय संक्रमित रहेको वताउदै उनीहरु अहिले होम आइसोलेशनमा रहेको जानकारी दिनु भयो ।

घरमा अलग्गै बस्न असुविधा हुनेकालागि नगरले २ ठाउमा आइशोलेसन राखेको र लक्षण देखापरे बुटवल रिफर गरिने गरिएको उहाले वताउनु भयो । वाण्गंगामा अहिले सम्म १४३ जना संक्रमित भेटिएकाछन् । आज भेटिएका संक्रमितमा वडानं ३मा १ वालिका सहित २जना ,४मा १ महिला सहित ३ जना ,वडा नं ७ र ११मा २÷२ जना पुरुष गरी ७ पुरुष १ वालिका र १ महिला संक्रमित थपिएका हुन् । 

प्रकाशित : १३ आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६