काठमाडौं ४ असोज । सोमबार बेलुकीदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्ले बताएका छन् । सोमबार पूर्वबाट पानी पार्ने केही प्रणाली नेपाल प्रवेश गर्न लागेकाले पानी पर्ने क्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार भोलि बेलुकी प्रवेश गर्ने प्रणाली देशभरि नै फैलिएर यो हप्ता पानी पर्ने क्रम बढ्ने देखिएको हो ।…