अर्थ-वाणिज्य

यी हुन् सबै भन्दा पहिलो कोरोना विरुद्ध खोप पाउने गौरवशाली नेपाली



काठमाडौं ४ असोज । पुर्ख्यौली घर नेपालको सल्यान भएका डा. महेश श्रेष्ठ कोरोना भाइरसविरुद्धको खोप लिने पहिलो भाग्यमानी नेपाली बनेका छन् ।रुसमा रहेका उनले केरोनाविरुद्धको खोप लगाउने अवसर पाएका हुन् । रुसको राजधानी मस्कोमा कार्यरत डा। महेश श्रेष्ठले कोरोना भाइरस ९कोभिड १९० बिरुद्धको भ्याक्सिन लगाउन पाएका हुन् ।मस्कोमा रहेका ६१ वर्षीय डा. श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको खोप लिएका हुन् ।

    सल्यान पुर्ख्यौली घर भएका श्रेष्ठको नाम रसियन सरकारद्वारा अनलाइनमा लक्की ड्रमार्फत छानिएको थियो ।गैरआवासीय नेपाली संघ ९एनआरएनए० का उपाध्यक्ष डा।बद्री केसीले लक्की ड्रमार्फत् श्रेष्ठले यो अवसर पाएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।श्रेष्ठलाई भ्याक्सिन दिनुभन्दा पहिला सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । ३० हजार जना मध्येबाट छानिएका श्रेष्ठको भ्याक्सिन लगाएपछिको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताइएको छ ।

    रसियामा निर्मित उक्त भ्याक्सिन नेपालमा ल्याउने प्रयास पनि भइरहेका समयमा रुसमा एक नेपालीले खोप लगाउनु पाएका हुन् ।नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकभले रुसले विकास गरेको उक्त भ्याक्सिन नेपाललाई दिन तयार रहेको जानकारी दिएका थिए ।

प्रकाशित : ४ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६