गुल्मी ५ असार । गुल्मीमा होम क्वरेण्टीनमा बसेका ६९ बर्षका एक पुरुषको बिहीबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रकोट गाउँपालिका ५ को मैनडाँडाका ब्यक्ति रहेको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले प्रेसपाटीलाई जानकारी दिनुभयो ।दुई हप्ताअघि भारतको मुम्बईबाट घर फर्कनुभएका उहाँ लामो समयदेखि प्यारालाइसिसको बिरामी हुनुहुन्थ्यो । उहाँको आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि उहाँ होम…