गुल्मी १९ फागुन । गुल्मीको मदाने संरक्षित वन क्षेत्रमा एक पुरुष मृत फेला परेका छन् । मालिका गाउँपालिका– ३ ह्वाङदीस्थित दमार्नेको ठूलो जंगल क्षेत्रमा शव भेटिएको वडाध्यक्ष राजकुमार विकले जानकारी दिनु भयो ।शव अत्यन्तै सडेको अवस्थामा भएकाले पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनु भयो ।स्थानीयले…