जीवनशैली

बर्षौंदेखि जीर्ण डुमरा महाराजगन्ज सडक अब डवललेन सहित कालोपत्रे



कपिलवस्तु  १९ फागुन  मर्मत नभएर खाल्टा खुल्टी भएको कपिलवस्तुको डुमरा देखी महाराजगन्ज सडक कालेपत्रे हुने भएको छ । संघिय सांसद बृजेश कुमार गुप्ता, दिर्घनारायण पाण्डे, तथा नेकपाको पहलमा उक्त सडक कालो पत्रे हुनका  लागि टेण्डर खुलेको छ । १२ किलो मिटर लामो सडक निर्माणका लागि २६ करोड  हुने भएको । लुम्विनी प्रदेश सरकारले सडक डिभिजन कार्यालय मार्फत ठेक्का खुलाएको संघिय सांसद बृजेश कुमार गुप्ताले बताउनु भयो ।

उक्त सडकको डुमरा देखी ३ सय मिटर पश्चिम तर्फ डिभाइडर सहितको ब्युटी लेन हुने छ । वस्ती क्षेत्रका दुबै तर्फ नाली निर्माण गरिने डिपिआर गरिएको छ । डेलिकेडेड २ लेन सडक बुद्धभुमी ९ को डुमरा, महाराजगञ्ज नगरपालिका महाराजगञ्ज बजार सम्म पुग्ने छ । यसै गरी महाराजगन्ज वजार देखी हर्दौना सम्मको सडक समेत कालोपत्रे हुने भएको सांसद गुप्ताले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशका सामाजिक विकास समितीका सभापती दीर्घनारायण पाण्डेयले दशकौ पछि कालोपत्रे हटेर खाल्टा खुल्टी भएको सडक बन्ने भए पछि जनता सँग निर्वाचनमा गरेको बाचा पुरा भएको बताउनु भएको छ  । सडक बन्ने भए पछि स्थानीय कृषि  उत्पादन बजार पुराउन सहज हुने पाण्डेले भन्नु भयो । पुर्ब भौतिक योजना राज्य मन्त्री ईश्वरदयाल मिश्रले मन्त्री हुने बेला पहिलो पटक उक्त सडक कालोपत्रे भएको  थियो । त्यस पछि मर्मत हुन नसक्दा कालोपत्रे भाग हटेर ठुला ठुला खाल्टा परेका थिए ।

डिपिआर गराउन टोली सँग हिडेका बुद्धभुमी नगरपालिका वडा नं. ९ का अध्यक्ष खुमानन्द न्यौपाने सडक बन्ने भए पछि खुसी भएका छन् । दशकौं देखी यात्रा गर्दा दुःख झेल्दै आएका जनताहरु प्रदेश सरकारले कालो पत्रे गर्ने भए पछि जनप्रतिनिधिलाई धन्यवाद दिएका छन् । अव बन्ने सडक डिविएस टि प्रविधिमा बन्ने छ । डवल लेन बनाउने सडक २ वर्ष भित्र बन्ने गरी टेण्डर खुलाएको छ । महाराजगन्ज नगरपालिकाको गैडहवा देखी भारतको सीमा सम्म पुग्नको लागि नेपाल सीमा सदभाव्ना सडक अन्र्तगत निर्माण हुने पुर्वाधार विकास कार्यालयका सिनियर डिभिजन प्रमुख ललित न्यौपानेले बताउनु भयो ।  

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६