तुलसीपुर २३ कार्तिक। दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको लु १ ज २९११ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।चालक रोल्पा गंगादेव गाउँपालिका ७ बथानका ३५ वर्षीय भीमबहादुर ओली, गँगादेव ५ का ६५ वर्षीय गंजबहादुर बुढा र दाङ बबई गाउँपालिकका २ पंचकुलेका १७ वर्षीय भीमराज बुढाको घटनास्थलमै मृत्यु भएको हो।जिपमा सात जना सवार थिए।…