पर्यटन

यस्तो छ सरकारी कार्यलय : बजेटमा तीनगुणा बृद्धि, कर्मचारीमा ३ गुणा कटौती



कपिलवस्तु २१ कार्तिक ।पुराना संरचनाहरु फेरिदै मुलुकमा ३ तहको सरकारको संरचना बनेको छ । यससंगै जिल्लामा रहेको कृषि कार्यालयको समेत संरचना बदलिएको छ । ३ बर्ष अघि सम्म कृषि कार्यालय संघीय सरकारको अन्तर्गत रहेको थियो । जिल्ला कृषि कार्यालयको नाम फरेर प्रदेश सरकार अन्तर्गत रहने गरी कृषि ज्ञान केन्द्र बनेको छ । कृषिको अधिकांस काम समेत स्थानीय तह अन्तर्गत कृषि शाखाले गर्ने गरेको छ । बिगतको कृषि कार्यालयमा भन्दा अहिले कृषि ज्ञान केन्द्रको बजेट ३ गुना बढेको छ । 

    तर कर्मचारी भने ३ गुनाले कम गरिएको छ । तत्कालीन कृषि कार्यालयमा एक बर्षमा ३ करोडको हाराहारीमा बजेट बिनियोजन गर्ने गरिएको थियो । अहिले कृषि ज्ञान केन्द्रकृषि ज्ञान केन्द्रमा १० करोड बिनियोजन भएको कृषि ज्ञान केन्द्रमा प्रमख भिमनाथ शर्माले बताउनु भयो । बजेट बढेपनि कर्मचारीहरु भने तत्कालीन कृषि कार्यालय भन्दा ३ गुनाले कम भएको उहाले स्पष्ट पार्नु भयो । तत्कालनि कृषि कार्यालयमा ४५ जना बढी कर्मचारी थिए । बजेटको आकारमा पनि कम थियो । 

    ‘ अहिले बजेट ३ गुनाले बढेको छ तर कर्मचारी भने १६ जना मात्र छन ’ प्रमुख शर्माले प्रेसपाटीसंग भन्नु भयो । प्रदेश र संघीय सरकारका बिभिन्न कार्यक्रम, अनुगमन निरीक्षण लगायतका नियमित कामको चाप बढेको उहाले औल्याउनु भयो । ‘ बजेटको आकार र कार्यक्रम अनुसार कर्मचारी नहुदा गुणस्तरीय सेवा दिन गाह्रो परेको छ ’ उहाले  गुनासो गर्नु भयो । थारै जनशक्तिले धेरै काम गर्नु परेको छ । 

       बजेटको आकार मात्र होईन जिल्लामा कुल ८३ हजार हेक्टर खेती योग्य जमिन छ ।  कृषकको परिवार संख्या पनि बढी छ । बालीको उत्पादन, क्षेत्रफल, रोग तथा कीराको प्रकोप लगायतका तथ्यांक संकलनमा समेत कर्मचारी अभावले काम गर्न निकै कठिनाई भएको शर्माले बताउनु भयो । कर्मचारी अभावका बिच कृषि संबन्धी कार्यंबिधि समेत समयमा नआउदा काम गर्न झनै गाह्रो परेको उहाले बताउनु भयो । ज्ञान केन्द्रका कर्मचारीहरु १० पालिकामा रहेका बिभिन्न गाउबस्तीमा जान समेत कर्मचारीको कमीले गर्दा कठिनाई भएको छ । गत बर्ष कोरोना र कर्मचारी अभावले ज्ञान केन्द्रको ९० प्रतिशत बढी बजेट फ्रिज भएको थियो । 

प्रकाशित : २१ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६