काठमाण्डौ ५ असोज । चर्चित आरोही हिउँ चितुवा आङरिता शेर्पाको ७२ वर्षको उमेरमा निधन भएको छ ।सोलुखुम्बुको थमोमा जन्मिएका शेर्पाको आज बिहान काठमाण्डौको जोरपाटीमा निधन भएको परिवारले जानकारी दिएका छन् । उहाँले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो । यही कारणले उहाँलाई हिउँ चितुवा उपनाम दिइएको थियो ।नेपाललाई विश्व रङ्गमञ्चमा…