काठमाण्डौ २३ जेष्ठ । सरकारले जेठ मसान्तसम्म लकडाउन लम्ब्याए पनि बजारमा पहिलेभन्दा चहलपहल बढेको छ । प्रहरीले पहिलेजस्तो कडाई गरेको पनि छैन । लकडाउन खुकुलो बनाउनुपर्ने माग उठिरहेको छ । तर कोरोना सङ्क्रमितको संख्या दिनहुँ बढ्दै जाँदा लकडाउन कसरी खुकुलो बनाउने भन्नेबारे सरकार आफैं अन्योलमा छ । लकडाउनको स्वरुप परिवर्तनबारे छलफल भैरहे पनि सरकारले यसबारे…