अर्थ-वाणिज्य

कोरोना कालको छुट्टै नमुना गाउँ: विपन्नकालागि छुट्टै खाद्य वैंक



कपिलवस्तु २३ जेठ कोरोनाले सिंगो विश्व आक्रान्तछ । नेपालका ५ दर्जनबढी जिल्ला प्रत्यक्ष प्रभावित छन् । कपिलवस्तुको कुरागर्दा नेपालमै सबैभन्दा उच्च कोरोना जोखिमको जिल्ला बन्न पुगेकोछ । यस्तो बेलामा कपिलवस्तुका प्राय स्थानीय सरकारहरु निकै मेहनतका साथ जनताको जीउधनको सुरक्षा र जिविको पार्जनको सुनिश्चितता जुटेका छन्। त्यस मध्ये एक नमुना गाउ बनेको छ बाणगंगाको वडा नं ८ । जसले सबै टोलवस्तीका नागरिकलाई कोरोना कालमा खान नपाएर छटपटाउने स्थिती आउन   दिन आफ्नै खाद्य बैक स्थापना गरेर एक महिना देखि निरन्तर संचालन गर्दै आएको छ । यतिमात्र होइन  वाणगंगा नगरको वडा नं ८ ले नागरिकलाई कोरोनाबाट बचाउन टोलटोलमा सार्वजनिक सचेतिकारण अभियान चलाएको वडाध्यक्ष गुणानिधी भुसालको भनाइछ । 

     कोभिड  १९ का कारण क्वारेन्टाइन व्यवस्थित बनाउदै पहिलो चरण चैत्र १ देखि वडामा बाहिरबाट आउनेको सुची तयार गरिए अनुसार कामलाई योजनाबद्ध रुपमा  अगाडि बढाउदै लगेको छ।  शुरुमा भारतबाट आएका २५ र अन्य देशबाट आएका ७ जनालाई होम क्वारेन्टाइनमा राखेको सो वडाले विभिन्न स्थानमा ब्यबस्थित सार्वजनिक क्वारेण्टाइन चलाएको छ ।  अहिले भारत तथा विदेशबाट आउनेको सुचि अग्रिम रुपमा तयार गरिएको छ । प्राप्त सुचना अनुसार  जेठ २० पछि करिब १ सय जना आउने जनाइएको छ ।उनीहरुलाई कसरी भन्सार विन्दुवाट क्वारेण्टाइन ल्याइपुराउने ,कहाँ राख्ने आदी स्पष्ट योजना बनाइएको अध्यक्ष भुसालको दावि छ । 

     दुई महिनाको अवधिमा विभिन्न महत्वपुर्ण निर्णय र योजनाका साथ वडाले काम गरेको वडा अध्यक्ष भुषालले प्रेसपाटीलाई  बताउनु भयो । जस अनुरुप  स्थानिय व्यापारी तथा सहकारीहरुबाट हुदै आएको सहज आपुर्ति एव मुल्य नियन्त्रणको लागि अनुगमन गरिएको छ । आपतका बेला सहयोग गर्नु पर्ने भावनाको विकास वडावासीमा गराएको छ ।  विभिन्न व्यक्ति , सामुदायिक वन , तथा व्यवसायीहरुबाट वडा खाद्य वैंकमा सहयोग प्राप्त गरी  ६० क्वीन्टल  चामल , ३ क्बीन्टल दाल , १ सय लिटर तेल ,  २ सय पोका नुन  स्टकका रुपमा जम्मा गरिएको  छ । यसैवाट विपन्नलाई वितरण हुदै आएको छ । 

        अति बिपन्न र गरीबहरुको लागत संकलन गरि नगर राहतकोषबाट २ सय ६५ जनालाई राहत बितरण गरिएको छ । वडा स्तरिय राहतकालागि खाद्य वैंक स्थापना गरि करिब थप ३ सय जनालाई राहत बितरण गरिएकोछ । वडा खाद्य वैकबाट दोस्रो चरणमा थप ४९ जनालाई राहत बितरण गरेकोछ ।  भारतबाट आउने ७८  जनालाई कृष्णनगरबाट उद्धार गरि क्वारेन्टाइनमा राखिएकोमा ६ जनामा कोरोनाको लक्षण नदेखिएर घर फर्कि पछि हाल ६२ जना रहेका छन । 

        उक्त वडामा १ जना पुरुषमा मात्र कोरोना देखिएको छ , उहावुटवल कोरोना अस्पतालमा रहेर उपचाररत हुनुहुन्छ ,अवस्था सामान्य रहेको छ ।   टोलविकास संस्था , सामुदायिक वन , युवा सञ्जालहरुले आआफ्नो टोलमा निगरानी तथा सचेतनाको लागि काम गरिराखेका छन । टोल टोलमा सरसफाईको बारेमा जानकारी गराउने काम भएको छ । विशेष काम नपरिकन घर देखि बाहिर जान नदिने काममा युवाहरु परिचालित भएको वडा कार्यालयले जनाएको छ ।  वडामा व्यवसायिक कृषकका उत्पादित वस्तुहरुलाई विक्रीका लागि सहजिकरण गरिएको छ ।  कसैकोे तरकारी पनि विक्री नभएर समस्या आएको छैन । .वडामा क्वारेन्टाइनमा बसेकाहरुलाई स्थानिय संघसंस्थाहरुले पनि खाद्यान्नमा सहयोग पुर्याएको वडा अध्यक्ष भुषालले जानकारी दिनु भयो । 

    बजेट कम भए पनि स्थानियको सहयोगले क्वारेन्टाइनमा बसेकाहरुलाई खानपानमा राम्रो व्यवस्था गरिएको उहाँले जानकारी दिनु भयो । वाहिरबाट आउनेहरुलाई खवर पाउना साथ पुग्ने र सुरक्षित तवरले ल्याएर क्वारेन्टाइनमा राख्ने काममा आफु लागि परेको उहाँको भनाई  । वडालाई कोरोनाबाट बचाउन जुनसुकै वेलापनि तत्परताका साथ लागेको भुसालको भनाइछ ।  कोरोना कालमा कसैलाई कुनैपनि समयमा समस्या पर्न सक्छ भनेर वडाध्यक्षले  राती १२/१ वजे आएका फोन समेत उठाउने गरी काम गर्नु भएको छ कुनै गुनासो   छैन वडाबासी बिश्वास जिसीले भन्नु भयो । 

प्रकाशित : २३ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६