रुपन्देही १७ असोज । गुल्मी र अर्घाखाँचीका केही गाउँपालिकाले स्थानीय कृषि उपजको बजार सुनिश्चित गर्दै किसानकै घरआँगनमा मूल्य तोक्न थालेका छन् । जसले गर्दा किसानहरुले उत्पादित वस्तु बजार लैजाने झन्झटबाट मुक्ति पाएका छन् । ती गाउँपालिकाहरुले मूल्य निर्धारण गरेर घरखेतबाटै कृषि उपज उठाउन थालेपछि किसानहरु हौसिएका छन् । गाउँ र जिल्ला सदरमुकाममा समेत किसानका उत्पादनले…