बाणगङ्गा, ०८ असोज । बाणगङ्गा आयुर्वेद औषधालयमा “जनतासँग नगरप्रमुख” कार्यक्रम अन्तर्गत पाक्षिक आयुर्वेद चिकित्सकीय सेवाको शुभारम्भ भएको छ। यस सेवाको सुरुवातसँगै प्रत्येक महिनामा दुई पटक, ४ र २१ गते, आयुर्वेद विशेषज्ञद्वारा नियमित चेकजाँच गरिने छ। पहिलो दिन मङ्गलबार आयोजना गरिएको विशेषज्ञ शिविरमा २०९ जनाले निशुल्क चेकजाँच गरी औषधि सेवा प्राप्त गरेका छन्, जसमा १५० पुरुष र ५९…