ब्रेकिंग न्युज

सुख्खा पहिरोमा एक महिला बेपत्ता



गुल्मी ७ असोज, । गुल्मीमा सुख्खा पहिरोमा परेर गोरु चराउन गएकी महिला बेपत्ता भएका छन् ।जिल्लाको मालिका गाउँपालिका( २ सिम्ले निवासी ६९ वर्षकी टनी पुन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी )शंकर पोखरेलले बताए ।पुन जुल्सेस्थित मनकामना सामुदायिक वनमा गोरु चराउन गएकी थिइन् । सामुदायिक वनको ६ सय मिटर माथिबाट ठूलो सुख्खा पहिरो आएको थियो । उनी सोही पहिरोमा पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।प्रहरीले दुईवटा गोरु मृत अवस्थामा फेला पारेको छ ।

प्रकाशित : ७ आश्विन २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६