गुल्मी, २४ साउन । गुल्मीमा पहिरोले पुरिएर मृत्यु भएकाहरूको सामूहिक रूपमा दाहसंस्कार गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका-१ बिसौनामा मंगलबार बिहान पहिरोमा परि मृत्यु भएका चार जनाको बुधबार स्थानीय बढीगाढ खोलामा सामुहिक दाहसंस्कर गरिएको हो । मंगलबार बिहान नौ बजेको समयमा बिसौनाका बिष्णु बिकको घर पहिरोले पुरिँदा उनकी ६६ वर्षीया आमा मसुरी बिक, अढाई वर्षीया र छोरी रियन्सी…