कपिलवस्तु, १५ जेठ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासका लागि सबै राजनीतिक दलहरूको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आज मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शेरचनले बलियो राष्ट्रिय समझदारी र सहकार्यले मात्र जनताले अनुभूत गर्ने गरी समाजवादको सपना पुरा हुने विश्वास व्यक्त गरे…