देश

२ सय ६४ वटा स्वास्थ्य संस्थामा सिटामोलसमेत पाइएन, ३ सय ८० वटामा जीवनजल छैन



काठमाण्डौ, १४ जेठ । नागरिकका लागि अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराउने सरकारी नीतिको प्रभावकारी कार्यान्वयन नभएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ प्रतिवेदन अनुसार औषधि वितरणको अनुगमन गर्दा स्वास्थ्य नीति २०७६ अनुसार अत्यावश्यक औषधि निःशुल्क उपलब्ध हुनुपर्नेमा कतिपय अस्पताल र स्वास्थ्य चौकीमा सिटामोलसमेत नभएको पाइएको हो । स्वास्थ्य सेवा विभागले प्रयोगमा ल्याएको सफ्टवेयरमार्फत परीक्षण गर्दा निःशुल्क वितरण हुने औषधिमध्ये केही औषधिको मौज्दात नै नभएको प्रतिवेदनमा उल्लेख छ ।

२ सय ६४ वटा संस्थामा सिटामोल, ३ सय ५३ वटा संस्थामा अल्वेण्डाजोल, ७ सय १६ वटा संस्थामा भिटामिन ए क्याप्सुल, ७ सय २१ वटा संस्थामा एमोक्सोसिलिन, ५ सय ३४ वटा संस्थामा नाभी मलम र ३ सय ८० वटा संस्थामा जीवनजलको मौज्दात शून्य रहेको महालेखाले जनाएको छ ।

निःशुल्क वितरण गरिने औषधिहरू प्रदेश, पालिका र सङ्घीय तीन वटै सरकारमार्फत खरिद गरी वितरण हुने गरेको छ । अत्यावश्यक औषधिसमेत स्वास्थ्य संस्थामा मौज्दात नहुँदा निःशुल्क औषधि वितरणसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन नभएको महालेखाले जनाएको छ । सरकारले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने नीति लिएको छ ।

प्रकाशित : १४ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६