दाङ, ०२ जेठ ।दाङको बबई नदिमा डुबेर दाजुभाईको मृत्यु भएको छ। बबई गाउँपालिका ७ ओदालेघाटमा पौडी खेल्ने क्रममा मंगलबार एकैघरका दुई दाजुभाइको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक अजयजङ्ग थापाका अनुसार १८ बर्षका दिपक परियारलाई र १६ वर्षका दिपेश परियारको पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको हो।…