देश

आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै



काठमाण्डौ, ०२ जेठ । आज अन्तर्राष्ट्रिय परिवार दिवस नेपालमा पनि मनाइँदै छ । परिवार दिवसको यस वर्षको नारा ‘विविधतालाई सुदृढ पार्दै परिवारहरूलाई बलियो बनाउँ’ रहेको छ । हरेक वर्ष मे १५ तारिखका दिन यो दिवस मनाइन्छ । एउटा व्यक्तिको जीवनमा परिवारको भूमिका र महत्त्वलाई स्मरण गरी दिवस मनाउने गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९४ लाई परिवार वर्षको रूपमा घोषणा गरेयता विश्वभर परिवार, व्यक्ति, समाज र संस्कृतिको महत्त्व दर्शाउन दिवसकै रूपमा मनाउने गरिएको हो । विश्वका धेरै क्षेत्रमा परिवारको संरचना र स्थायित्वमा प्रभाव पार्दै आएको सामाजिक, आर्थिक संरचनामा परिवर्तन गर्ने यसको मुख्य उद्देश्य छ ।

नेपालमा परिवारको महत्त्व समाजको संरचनामा जोडिएको छ । नेपाली संस्कृतिले पारिवारिक सद्भाव, ज्येष्ठ नागरिकको सम्मान र सामूहिक निर्णयमा जोड दिन्छ । बढ्दो आधुनिकता अनि विकासक्रमसँगै पारिवारिक मूल्य, मान्यता र अवधारणाहरू घट्दै गएका विज्ञहरू बताउँछन् । जीविकोपार्जन र कमाइका लागि युवा पलायन हुने क्रम सँगै परिवार र सामाजिक भावनामा नकारात्मक असर पनि पर्न थालेकोतर्फ ध्यान दिनुपर्नेमा उनीहरूको जोड छ ।

राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख तथा नेपालमा अक्सर बसोबास गर्ने परिवारको सङ्ख्या ६७ लाख ६१ हजार रहेको छ ।

प्रकाशित : २ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६