काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कुनै पनि राजनीतिक दलको धम्कीका कारण कांग्रेस नडराउने बताएका छन्। काठमाडौंमा बिहीबार प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा बोल्दै कोइरालाले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले बुधबार संसदीय दल बैठकबाट दिएका अभिव्यक्तिप्रति लक्षित गर्दै धम्कीबाट कांग्रेस नडराउने बताए। ‘सहकारीबारे कांग्रेसले सदनमा कुरा राखेको हो। यसबारे कुनै…