देश

धम्कीले कांग्रेस डराउँदैनः शेखर कोइराला



काठमाडौं, जेठ ३ ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कुनै पनि राजनीतिक दलको धम्कीका कारण कांग्रेस नडराउने बताएका छन्। काठमाडौंमा बिहीबार प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा बोल्दै कोइरालाले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले बुधबार संसदीय दल बैठकबाट दिएका अभिव्यक्तिप्रति लक्षित गर्दै धम्कीबाट कांग्रेस नडराउने बताए।

‘सहकारीबारे कांग्रेसले सदनमा कुरा राखेको हो। यसबारे कुनै राजनीतिक दलबाट कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ। राजाको धम्कीसँग कांग्रेस डराएन, कुनै दलको धम्कीसँग हामी डराउँदैनौं,’ कोइरालाले भने।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।उनले अहिले देशको राजनीतिक परिस्थिति जटिल अवस्थामा गइरहेको पनि बताए। उनले गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न नदिने नभनिएको पनि बताए।

‘भरतमोहन अधिकारी, जनार्दन शर्मालाई बोल्न दिइयो कि दिइएन त्यो आफ्नो ठाउँमा छ। तर हामीले बोल्न नदिने भनेको छैन, यो क्लियर हुनुपर्छ,’ उनले भने, ‘हामीले गृहमन्त्रीले आएर रोष्टममा बोल्नुहुन्छ, बोल्नुस्। हामीलाई चित्त बुझ्यो भने ठिक छ, बुझेन भने हामी त्यसपछि बोल्छौँभन्दा न गृहमन्त्रीले स्वीकार गर्नुभएको छ, न त एमालेले स्वीकारेको छ।’

प्रकाशित : ३ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६