तानसेन, २३ फागुन । पाल्पामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तानसेन–तम्घास सडकखण्डको रिव्दीकोट–२, जोर्तेमा बुधबार दिउँसो लु २ ख ५६२५ नम्बरको ट्रक (ट्रेलर) दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते हुनेमा दाङ जिल्ला राप्ती गाउँपालिका–३ बस्ने वीरेन्द्र घर्तीमगर र सोही स्थानका झविन्द्र पाण्डे…