देश

कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेट



काठमाण्डौ, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ । अध्यक्ष नेपाललाई भेट्न देउवा उहाँकै निवास कोटेश्वर पुग्नुभएको थियो । देउवासँगै उहाँकी पत्नी आरजु र नेता रमेश लेखक पनि हुनुहुथ्यो ।

अध्यक्ष नेपाल रुघाखोकीको बिरामी भएपछि केही दिनदेखि आराम गर्दै आउनुभएको छ । आजको भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे दुई नेताबीच कुराकानी भएको थियो । नयाँ गठबन्धनमा नेता नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई समेट्न एमाले र माओवादीका शीर्ष नेताहरु सक्रिय छन् । यही बेला देउवाले नेपाललाई भेट्नुभएको हो ।

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले नयाँ गठबन्धन गरेका छन् । ती दलले सरकार विस्तार तथा साझा न्यूनतम कार्यक्रमका लागि आपसी गृहकार्य र अन्य दलसँग पनि सम्वाद अगाडि बढाएका छन् ।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६